आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु
गुल्मी | बैशाख ८, २०८०
तस्बिर फाइल
गुल्मी: गुल्मीमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर-३ का १३ वर्षका दिपक मुखियाको पाल्पामा उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।
आगो निभाउने क्रममा धुर्कोट गाउँपालिका वडानम्बर-३ का ५५ वर्षका धनबहादुर जोगी कुँवर गम्भीर घाइते भएका छन् । गम्भीर घाइते कुँवरलाई थप उपचारको लागि बुटवल लगिएको प्रहरीले जनाएको छ ।
धुर्कोट गाउँपालिका वडानम्बर-३ हाडहाडे बर्दवास जंगलमा बिहिवार देखि लागेको आगो निभाउन गएका बेला शरिरको बाहिरि भाग पुरै जलेको प्रहरीले जनाएको छ । जंगलमा लागेको आगो निभाउन प्रहरी स्थानीय खटिएका छन् ।
आगो नियन्त्रणमा आउन सकेको छैन् । बिहिवार दिउँसो जिल्लाको इस्मा गाउँपालिका वडानम्बर ५ चापटारी सामुदायिक वनमा लागेको आगो वस्तीमा पुग्दा २ जनाकोघर गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रविन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।
आगलागिबाट इस्मा गाउँपालिका वडानम्बर ५ वस्ने रुद्रबहादुर कुमालको ढुङ्गा माटोले बनेको टिनको छानो भएको ३ तले कच्ची घर र ढुङ्गा माटोले बनेको खरको छानो भएको १ तले कच्ची कटेरो जलेर पुर्ण रुपमा नष्ट भएको छ । गोठमा बाँधेको छवटा माउँ बाख्रा पनि जलेर मरेको प्रहरीले जनाएको छ ।
त्यस्तै शिबलाल कुमालको ढुङ्गा माटोले बनेको टिनको छानो भएको २ तले कच्चि घर, ढुङ्गा माटोले बनेको टिनको छानो भएको १ तले कच्ची गोठ जलेर नष्ट भएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो ।
गर्मीयाम सुरुभएसँगै आगलागिका घटनाहरु दैनिकजसो वढदै गएका छन् । जिल्लाका आधा दर्जन बढी स्थानमा आगलागीका घटना भइरहेका छन् । त्यस स्थानमा नेपाल प्रहरी, शसस्त्र प्रहरी स्थानीय जनप्रनिधिहरु खटिएर नियन्त्रणमा लिने काम गरिरहेका छन् ।
पोखरा: नेकपा एमालेले कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार बदल्ने निर्णय गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि नेकपा एमालेले कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार कृष्ण थाप...
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टीबाट कास्की–१ मा खड्कराज पौडेल (गणेश) र चुनाव लड्ने भएका छन् । बालेन्द्र साह हुँदै रास्वपा प्रवेश गरेका उनी अहिले केन्द्रीय सदस्य हुन् । टिकट पाएसँगै पौडेलले आफ्नो उम्म...
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अहिलेसम्म ३३ निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । बाँकी निर्वाचन क्षेत्रमा आज उम्मेदवारको घोषणा गरिने पार्टीका...

